एक घण्टामा २० कथाका पुस्तक पढेर कीर्तिमान राखे, पाँच वर्षीय बालक

admin

काठमाडौं, १५ माघ : भारतका पाँच वर्षीय बालक आयुष केएसले एक घण्टामा २० वटा कथाका पुस्तक पढेर दुबईमा कीर्तिमान कायम गरेका छन् । भारतको केरलाका पाँच वर्ष तीन महिनाका बालकले नरोकिइकन लगातार एक घण्टासम्म कथाका किताब पढेर यस विधामा कीर्तिमान बनाएका हुन् ।

उनले थ्री बियर्स, स्लाई फक्स एण्ड रेड हेन, रापुन्जेल, हेदी, द लिटल मरर्मेडलगायतका कथाका किताब पढेका थिए । जेएसएस इन्टरनेशनल स्कुलको किन्टरगार्डेनमा पढ्दै आएका आयुषले आफ्ना उमेर समूहकालाई पढ्न प्रेरित गरेन ‘रिडिङ रुम बाइ आयुष’ नामको युट्युब च्यानल पनि चलाउँदै आएका छन् । उनले एक घण्टा पढेको भिडियो पनि उनको च्यानलमा देख्न सकिन्छ ।

आयुषका बुबा सुपाल केजीले भने, ‘आयुषलाई विश्वभरका लेखकहरूले उनीहरूको पुस्तक युट्युब च्यानलमार्फत पढिदिन डाक्ने गरेका छन् । आयुष ती पुस्तक र पत्रिका पनि पढ्न निकै रुचाउँछन् । हामीले उसका लागि थुप्रै पुस्तक किनिदिएका छौँ । पछिल्लो पटक हामीले एकैपटक ४० वटा पुस्तक किनेर ल्याइदिएका थियौँ । उनले निकै छोटो समयमा ती पुस्तक पढिसक्छन् ।’

प्रतिक्रिया