एक जना बिरामी पर्दा अर्को पनि भोकै बस्ने, एउटै चितामा अन्तिम संस्कार

शर्मिला गुरुङ

पिएनपिखबर, भक्तपुर : ९० वर्षीय रविन्द्र जोशी र ८६ वर्षिया कल्पना जोशी भारतमा रहेको विद्यालय बाल विनय मन्दिरको रिटायर्ड शिक्षक हुन् । उनीहरु ६५ साल देखिसँगै जिन्दगीको यात्रा गरिरहेका थिए ।

यी दुइ जनाको प्रेम यति गहिरो थियो कि एक जना बिरामी पर्दा अर्को पनि भोकै बस्ने गर्दथे। हालै ३ दिन अघि पनि यस्तै भएको थियो। भारतको प्रतापनगरस्थित ९० वर्षीय रविन्द्र जोशीको घरमा श्रीमती बिरामी परेर निजि अस्पतालमा भर्ना गरियो। उनको स्वास्थ्य धेरै नै खराब भएर आइसियुमा राख्न पर्यो। जब श्रीमती आईसियुमा राखेको खबर सुने तब श्रीमानले खानपिन गर्ने छाडे। त्यसपछि उनको हालत यतिसम्म बिग्रियो कि उनलाई पनि आइसीयु मै राख्नुपर्ने अवस्था आयो। यी दुवै श्रीमान श्रीमतीलाई आइसीयुमा राखेर उपचार गरियो ।

दुबैजनाको अन्तिम यात्रा एकैसाथ निकालेर एउटै चितामा अन्तिम संस्कार

सन्ध्या व्यास निवासी सुदामा नगर भन्छन, “उहाँहरु दुवै जना मेरो मामा ससुरा र माइजु सासु हुन्। सोमबार मध्यान्ह ४ बजे डाक्टरले मामा ससुरालाई मृत घोषणा गरे। मंगलबार बिहान ११ बजे मामा ससुराको अन्तिम संस्कारमा जानका लागि घरमा सबै तयारी भइसकेको थियो। त्यस बेलासम्म माइजु सासुको मृत्युको खबर आईसकेको थिएन। तर बिहान १० बजे अस्पतालबाट माइजु सासुको पनि मृत्यु भएको खबर आयो। दुबैजनाको अन्तिम यात्रा एकैसाथ निकालेर रिजनल पार्कमा अवस्थित एउटै चित्तामा अन्तिम संस्कार गरियो।

ड्युटीबाट राति १ बजे घर फर्केर खाना खान्थे

जोशी दम्पतीको दुई ओटी छोरी निता सेठ, मनिषा शर्मा र एक छोरा सुधेश जोशी छन। ज्वाँई इन्जिनियर अतुल सेठ निवासी एमआईजी भन्छन, ‘सासु-ससुराको बिहे १९५४ मे महिनामा भएको थियो। ससुरालाई केहि महिना पहिले क्यान्सर भएको थियो। सासु आमाको एउटै धर्म थियो ससुराको सेवा गर्नु। ससुरा रिटायर्ड भएपछी ससुरा एलोरा सिनेमा हलमा साझ ६ बजे देखि राति १२ बजेसम्म म्यानेजरको ड्युटी गर्नुहुन्थ्यो। उहाँ राति १ बजे फर्कनुहुन्थ्यो। त्यसपछि मात्र सासु आमा खाना खानुहुन्थ्यो।

प्रतिक्रिया