एक महिनादेखि जङ्गलमा भीषण आगलागी, आगो निभाउने क्रममा महिलाको मृत्यु

शर्मिला गुरुङ

काठमाडौँ, १६ जेठ : जिल्लाको जोरायल गाउँपालिका–३ मा आगलागीमा परी एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीले दिएको जानकारीअनुसार सो गाउँपालिका–३ सुनिखोला बस्ने वर्ष अन्दाजी ३५÷३६ की दुर्गादेवी साहुको आगलागीमा परेर मृत्यु भएको हो ।

गाउँ नजिकैको जङ्गलमा भएको आगो निभाउन गएका बेला उहाँ आगोमा परी जल्नुभएको थियो । आगोले जलेपछि उपचारका लागि अस्पताल लैजाँदै गर्दा उहाँको मृत्यु भएको प्रहरीले जनाएको छ।

डोटीमा गएको एक महीनायतादेखि जङ्गलमा भीषण आगलागी भएको छ । आगलागी नियन्त्रणका लागि विभिन्न प्रयास भइरहे पनि आगो अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन । आगलागीका कारण यहाँका विभिन्न सामुदायिक तथा कबुलियती वन गरी करीब ७८० हेक्टर वन सखाप भएको डिभिजन वन कार्यालय डोटीका सहायक वन अधिकृत सुरेशचन्द्र डिसीले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया