एक महिना सम्म किन मौन व्रत बसिन् अर्धनारीश्वर भवानी माता ? भिडियोमा हेर्नुहोस् सनसनीपूर्ण रहस्य [भिडियोसहित]

पूजा बानियाँ

पिएनपीखबर, भक्तपुर। एक महिना पछि यस धर्तीमा आएर भक्तजनसँग बोलेको भन्दै एक महिनाको मौन व्रत पछि अर्धनारीश्वर भवानी माताले आफ्नो व्रत समापन गरेकी छिन्।

पृथिवी जगतमा भएका विसंगति तथा विकृति हटाउन उनी अदृश्य शक्ति मार्फत ध्यानमा बसेको उनको भनाई छ। ध्यानमा बस्दा उनले भुत, प्रेत, परमात्तमासँग पृथीवि भ्रमण गरेको उनी बताउछिन्। बाघसँग सुतेको देख्ने प्रत्यक्ष उनको भक्तजन नै रहेको उनी दावी गर्छिन्।

उनी स्वयम त अन्न खादिनन् नै उनको पुजारीले समेत यो माघ महिना भरी अन्न नखाई चोखो गरेर नित्य पुजा गरेकोमा यस धर्तीमा उनी फर्केर आएको उनी भन्छिन्। अन्यथा उनी नफर्कने उनले बताइन्।

उनी भन्छिन् ,’भाकल गरेर बोका चढाएर ग्रह शान्ति हुँदैन। काटमार गर्नु हुँदैन। हत्याहिंसा गर्नु हुँदैन। आफ्नो मन स्वच्छ हुनु पर्दछ। दैविक शक्तिलाई अपनाम गर्नु हुँदैन।’

अर्को वर्षको श्री स्वस्थानी व्रत कथाको आरम्भ गर्ने दिनमा उनी आफ्नो भक्तजन सहित तपस्यामा लिन हुन चाहन्छिन्। उनको भित्रि शक्तिले टहरोको माग गरेको भन्दै उनले आफ्नो छुट्टै टहरो केवल शक्तिको लागि निर्माण गर्ने समेत घोषणा गरिन्।

भक्तजनले प्रसादको रुपमा खिर, हलुवा, पुरी, तरकारी जस्ता मिस्ठान्न भोजन ग्रहण गरिरहदा उनले दुबो खाएर बाचेको उनी बताउछिन्। यो सबै उनको दैविक शक्तिको कारण सम्भव भएकोमा उनी विश्वस्त छिन्।

बाँकि हेर्नुहोस् भिडियोमा :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू