एक वर्षदेखि नखोलिएको मन्दिरको दानपेटिका चोरी, दर्शनार्थीको १७ हजार हरायो

admin

बैतडी, २३ असोज : जिल्लाको पाटनस्थित प्रसिद्ध उदयदेव मन्दिरमा राखिएको पैसासहितको दानपेटिका चो री भएको छ । गएको एक वर्षदेखि नखोलिएको दानपेटिका घटस्थापनाको अघिल्लो रात चो री भएको इलाका प्र ह री कार्यालय पाटनले जनाएको छ ।

दानपेटिकामा कति रकम थियो भन्ने पनि थाहा नभएको पाटनका प्रमुख, प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिनुभयो । चोरेको दानपेटिका मन्दिरनजिकै फोरिएको अवस्थामा भेटिएको छ ।

सोही राति मन्दिरमा नवरात्रको पूजा गर्न महेन्द्रनगरबाट आएका दर्शनार्थी गणेशबहादुर चन्दको रकमसमेत चो री भएको छ । उहाँको १७ हजार रुपैयाँ चो री भएको प्र ह रीले जनाएको छ ।

चो रीमा संलग्न भएको आशंकामा तीन जनामाथि निगरानी बढाइएको इलाका प्र ह री कार्यालय पाटनले जनाएको छ । यसअघि, गत जेठमा बैतडीको पाटन नगरपालिका–६ स्थित रामेश्वर धाममा राखिएको दानपेटिकाको पैसा पनि चो री भएको थियो ।

प्रतिक्रिया