एक विद्यालय एक नर्स कार्यक्रमका लागी काभ्रेका २६ ओटा विद्यालय छनौट

admin

काभ्रे : एक विद्यालय एक नर्स कार्यक्रमका लागी काभ्रेका २६ ओटा विद्यालयका छनौट भएका छन् । जिल्लाको १३ ओटै स्थानीय तहका दुई- दुई ओटा माध्यामिक विद्यालयका छनौट भएका हुन् ।

धुलिखेल नगरपालिकाको वडा नम्बर २ मा रहेको सेतीदेवी र वडा नम्बर ११ को हनुमान माध्यामिक विद्यालय,बनेपा वडा नम्बर ३ को चण्डेश्वरी र वडा नम्बर २ को श्वयत बराह माध्यामिक विद्यालय,पनौती वडा नम्बर ८ को भालेश्वर र वडा नम्बर ७ को ईन्द्रेश्वर माध्यामिक विद्यालय छनौट भएका छन् ।

यस्तै नमोबुद्ध नगरपालिकाको जनकल्याण र बाल उज्वल माध्यामिक विद्यालय, मण्डनदेउपुर नगरपालिका वडा नम्बर ९ को डेडीथुम्का र वडा नम्बर ६ को व्रह्मायणी माध्यामिक विद्यालय,पाँचखाल नगरपालिकाको महाँकाल र राम माध्यमिक विद्यालय छन् ।

त्यसैगरी महाभारत गाँउपालिका वडा नम्बर ५ को ग्रामोन्नती र वडा नम्बर ८ को जनकल्याण मा वि,भुम्लु गाँउपालिका वडा नम्बर १ को देवी मा वि र वडा नम्बर २ को जनता मा वि छन् ।

यस्तै तेमालको गाँउपालिका वडा नम्बर ३ को भुमे मा वि र वडा नम्बर ६ को पन्चकन्या मा वि, रोशी गाँउपालिका वडा नम्बर १० को पन्चकन्या र वडा नम्बर ११ को पोक्रा मा वि रहेको छ ।

त्यस्तै खानीखोला गाँउपालिकाको धार्ने ज्योती र शारदा मा वि,चौरीदेउराली गाँउपालिका वडा नम्बर ४ को सरस्वती र वडा नम्बर २ को खाँडादेवी मा वि र बेथानचोकगाँउपालिका वडा नम्बर १ को चक्रेश्वर माबि र वडा नम्बर ६ को आत्मा बिकास मा वि छनौट भएका हुन् ।

छनौट भएका विद्यालयका विद्यार्थीलाई नर्सलेस्वास्थ्य सेवा प्रदान गर्ने, स्वच्छ वातावरण निर्माणका लागि विद्यार्थीलाई उत्प्रेरित गर्ने, दैनिक विद्यार्थीको स्वास्थ्य हेरचाहसँगै उनीहरुलाई स्वस्थ रहने तरिकाबारे जानकारी गराउने छ । यो कार्यक्रम प्रदेश सरकारले अघिल्लो आर्थीक वर्ष देखी सुरु गरेको हो ।

प्रतिक्रिया