एक हजार घरमा सर्च अपरेशन, प्रहरीले गोङ्गबुमा भेटिएको श’वको पहिचान खुलाउनै सकेन

admin

काठमाडौं, २६ साउन : गोङ्गबु चोकबाट गणेश मन्दिरतिरबाट करिब एक सय मिटर पर टोखा नगरपाालिका-१० स्थित नवज्योती मार्गमा आइतबार बिहान एउटा श’व भेटिएको थियो ।

करिब ४०-४५ उमेर समूहका पुरुषको श’व पहिचान हुन सकेको छैन । क्रु’र तरिकाले ह’त्या गरिएका पुरुषको श’व पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा राखिएको छ ।

महानगरीय अपराध महाशाखाको जम्बो टोलीले सो ह’त्या अनुसन्धान गरिरहेको छ । तर, प्रहरीलाई व्यक्तिको पहिचान खुलाउनै हम्मे परेको छ ।

‘मृ’तकको पहिचान खुल्न सकेको छैन,’ महानगरीय अ’पराध महाशाखाका प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) दीपक थापाले भने-‘मृ’तक गोङ्गबु क्षेत्रका स्थानिय हैनन्, त्यसैले पहिचान खुलाउन समस्या भइरहेको छ ।’

श’व भेटिएपछि एक युवती आएर आफ्नो दाजु हराएको बताएपछि प्रहरीले पहिचान नजिक पुगेको बताएको थियो । तर, ति युवतीले मृ’तकको श’व हेरेर ‘मेरो दाजु होइन’ भनिन् । गोङ्गबु क्षेत्रको होटलमा बसेका उनका दाजु केही बेरमा घटनास्थलमै आइपुगे ।

एक हजार घरमा सर्च
ह’त्यारा खोज्न महानगरीय अ’पराध महाशाखाका प्रहरी उपरिक्षक (एसपी) ईश्वर कार्कीले नेतृत्वमा पाँच टोली परिचालन गरिएको छ ।

कार्की नेतृत्वको टोलीले श’व भेटिएको एक किलोमिटर वरपरका एक हजारभन्दा बढी घरमा आइतबार रातिसम्म सर्च अपरेशन चलाए ।

सर्च अपरेशनको दायरा बढाइने महाशाखाका एसएसपी दीपक थापाले जानकारी दिए । आइतबार बिहानपख श’व फालेको हुनसक्ने अनुसन्धानमा संलग्न अधिकृतहरु बताउँछन् ।

टिचिङ अस्पतालबाट घटनास्थलमा गएका फरेन्सिक डाक्टरको टोलीले १२ घण्टाको बीचमा ह’त्या गरेर फालेको निष्कर्ष निकालेका छन् ।

अनुसन्धान अधिकृतहरुले श’व भेटिएको ठाउँ र त्यस आसपासका सडक, गल्लीका सिसिटिभी फुटेज हेरिरहेका छन् । तर, रातको समय हुनाले सिसिटिभी फुटेजबाट हालसम्म कुनै क्लू प्रहरीले पाएको छैन ।

आइतबार साँझ टोखा जाने बाटोको एउटा घरको गेटमा रगत देखिएको सुराक प्रहरीले पायो । ह’त्या गरिएको ठाउँ खोजिरहेको प्रहरीका लागी त्यो ठुलो क्लू थियो ।

सो घरमा एउटै फ्ल्याटमा बस्ने चारजना युवतीलाई प्रहरीले सोधपुछका लागी नियन्त्रणमा लियो । तर, राति अवेर डेरामा पुग्दा गेट नखुलेपछि पर्खाल नाघेर भित्र पस्दा फलाको धारले एक युवतीको हात काटेको खुल्यो ।

उनको हातबाट बगेको रगतको छिर्का गेट र पर्खालमा लागेको पुष्टि भएपछि प्रहरीले चारैजनालाई छाडेको छ ।

प्रतिक्रिया