एनसेलको ‘अन नेट कल’ शुल्क घट्यो

admin

काठमाडौं, कात्तिक १४ : एनसेलको ‘इन्डलेस कुराकानी प्लस’ अफरमा ‘अफ नेट’ र ‘अन नेट कल’ शुल्क घटेको छ । भ्वाइस प्याक ग्राहकले एक रुपैयाँ २८ पैसा प्रतिमिनेटमा अन्य नेटवर्कमा कुरा गर्नसक्ने कम्पनीले जनाएको छ ।

यसैगरी, भ्वाइस प्याकअन्तर्गतको भोलुम सकिए ६४ पैसा प्रतिमिनेटमा एनसेल नेटवर्कभित्र कुरा गर्न सकिने पनि जनाइएको छ । यस चाडपर्वको अवसरमा एनसेलका प्रिपेड ग्राहकले एनसेल नेटवर्कभित्र तथा अन्य नेटवर्कमा रहेकासँग अब अझै सुलभदरमा धेरै कुराकानी गर्नसक्ने कम्पनीको दाबी छ ।

एनसेल आजियाटा लिमिटेडले आफ्नो ‘प्लस’ थिमअन्तर्गत रहेको ‘इन्डलेस कुराकानी प्लस’ अफरमा थप आकर्षक सुविधा थपेको कम्पनीको दाबी छ ।

प्रतिक्रिया