एनसेलले ल्यायो ‘ननस्टप यूट्युब’ अफर

admin

काठमाडाैं, २४ असार : काठमाडौं : एनसेलले आफ्ना सबै फोरजी ग्राहकको लागि ‘ननस्टप यूट्युब’ अफर ल्याएको छ। भिडियो सामाग्रीहरु हेर्दा धेरै डाटा खपत हुने र शुल्क पनि बढी लाग्ने चिन्ताबाट मुक्त हुँदै ग्राहकले यूट्युबको प्रयोग गर्न सक्ने एनसेलले जनाएको छ।

एनसेलले नयाँ ‘प्लस’ थिमअन्तर्गत आफ्ना फोरजी ग्राहकका लागि आकर्षक ‘ननस्टप यूट्युब’ अफर ल्याएको हो। यस प्याकेजमा नयाँ ‘प्लस’ थिम अन्तर्गत डेटा बन्डलिङ सहित यूट्युब अफर, एकसय रुपैयाँमा एक हप्ताभरि यूट्युब चलाउन मिल्ने, थप ४ जीबी अल टाइम अल नेटवर्क डाटा, फेसबुक र टिकटकको लागि थप डाटा पनि लिन सकिने एनसेलले जनाएको छ।

यस अफर अन्तर्गतको ननस्टप यूट्युबको फाइदा लिन ग्राहकसँग एनसेल फोरजी सिम कार्ड, फोरजी चल्ने मोबाइल र एनसेलको फोरजी नेटवर्क कभरेज भित्र हुनु पर्दछ।

आफ्नो थ्रिजी सिम कार्ड फोरजी सिममा अपगे्रड गरी नसकेका ग्राहकले नजिकैको एनसेल सेन्टरमा गएर आफ्नो सिम निःशुल्क अपग्रेड गर्न एनसेलको आग्रह गरेको छ।

प्रतिक्रिया