एनसेल आक्रमण गर्नेलाई कारवाहीको दायरामा ल्याउन काङ्ग्रेसका नेता शाहको माग

शर्मिला गुरुङ

रुपन्देही, १२ फागुन  : नेपाली काङ्ग्रेसका नेता तथा प्रतिनिधिसभा सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले एनसेलका टावरमा आक्रमण गर्नेलाई कारवाहीको दायरामा ल्याउन सरकारसँग माग गर्नुभएको छ ।

प्रेस युनियनले आज बुटवलमा आयोजना गरेको कार्यक्रममा उहाँले एनसेलका टावरमा विष्फोट हुनुले लगानीकर्ता त्रसित भएको हुँदा सरकारले तत्काल कारवाही गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “पछिल्लो समय मुलुकको शान्ति सुरक्षामा खलल पु¥याउने काम भएको छ यसलाइ तत्काल सरकारले ध्यान दिनुपर्छ ।”

सभापति शाहले सङ्घीय सरकारले प्रमुख जिल्ला अधिकारीलाई सङ्घ मातहत राखेर प्रदेशका सरकार तथा मुख्यमन्त्रीलाई शक्तिविहीन बनाउने काम गरेको टिप्पणीसमेत गर्नुभयो । उहाँले शान्ति सुरक्षाको जिम्मेवारी प्रदेशको मातहतमा हुने व्यवस्था संविधानमै उल्लेख भएकाले प्रमुख जिल्ला अधिकारी प्रदेश मातहतमा रहनुपर्ने धारणा राख्नुभयो । रासस

प्रतिक्रिया