एन्फाका अध्यक्षमाथि हातपात गर्ने मनाङ्गे विरुद्ध मुद्धा दायर

admin

पोखरा, माघ ८ : गण्डकी प्रदेशका सांसद दीपक मनाङ्गे भनिने राजीव गुरुङ विरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दर्ता भएको छ । सांसद गुरुङ विरुद्ध एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङले बुधबार मुद्धा दर्ता गरेका हुन् ।

मंगलबारदेखि सुरु भएको गण्डकी प्रदेश स्तरीय मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको व्यवस्थापनको विषयलाई लिएर सांसद मनाङ्गेले एन्फा कास्कीका अध्यक्ष गुरुङलाई हिजो हातपात गरेका थिए ।मनाङबाट आएका खेलाडीहरुलाई एक सातादेखि भत्ता दिनुपर्ने माग गरेका सांसद मनाङ्गेले एन्फा कास्कीका अध्यक्ष गुरुङमाथि सार्वजनिकस्थलमै मुक्का हानेका थिए ।

मनाङेले भने सानो घटनालाई मिलन गुरुङले ठुलो बनाएर मिडियाबाजी गरेको आरोप लगाएका छन् । पोखरामा बुधबार पत्रकार सम्मेलन गर्दै मनाङेले कानुनले नदेखेका कतिपय कुरा शक्तिको भरमा सिस्टममा ल्याउनुपर्ने तर्क गरे ।पहिले आफ्नै समूहमा रहेको मिलनले ठूलो कुरा गर्न थालेपछि मुक्का हानेको तर्क पनि मनाङ्गेको छ ।

प्रतिक्रिया