एपीएफलाई हराउँदै मटेला चुलीले जित्यो उपाधि

admin
  • खगेन्द्र हमाल

सुर्खेत : कर्णाली प्रदेशको बिकट जिल्ला जाजरकोटमा आयोजित खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि सुर्खेत मटेलाको चुली युवा क्लबले हात पार्न सफल भएको छ । बुधबार भएको फाइनल खेलमा एपीएफको टिमलाई पराजित गर्दै चुली युवा कलब मटेला सुर्खेतले उपाधि जितेको हो ।

फाईनल खेलमा एकदमै रोचक र प्रतिस्पर्धात्मक रहेको यो खेलमा चुलीले १७-१७-१७ को सेटमा एपीएफलाई पराजित गरेको हो ।चुली युवा कलब मटेला सुर्खेतले एक सेट भने २२-२५ मा हारेको थियो।

फाईनल खेलको उपाधिसँगै चुलीले एक लाख ५० हजार नगद, मेडल र प्रमाणपत्र हात पार्न सफल भएको छ भने उपविजेता बनेको एपीएफले एक लाख र तेस्रो भएको नेपाल आर्मीले ५० हजार पुरुस्कार हात पार्न सफल भएका छन् । प्रतियोगितामा ७ वटा टिम सहभागी भएका थिए ।

प्रतिक्रिया