एपीएफलाई हराएर सातदोबाटो शीर्ष स्थानमा

admin

काठमाडौँ, मंसिर १७ : सहिद स्मारक लिग ए डिभिजनमा सातदोबाटो युथ क्लब शुक्रबार अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । मार्टिन्स अजयीको ह्याट्रिकसँगै सातदोबाटोले एपीएफलाई ४–१ ले हरायो ।

हारले एपीएफ भने अंक तालिकाको पुछारमा झरेको छ र उसमाथि रेलिगेसन दबाब बढेको छ । जितपछि सातदोबाटोको तीन खेलबाट सात अंक भएको छ । एपीएफ भने अंकविहीन छ र यो उसको लगातार तेस्रो हार हो ।

दशरथ रंगशालामा शुक्रबार भएको खेलमा अजयीले ४२ औं मिनेटमा पहिलो गोल गरेका थिए । त्यसकै इन्ज्युरी समयमा दोस्रो गोल थपे । उनले ५८ औं मिनेटमा ह्याट्रिक पूरा गरे ।

सातदोबाटोको अर्को गोल सुशील राईको नाममा रह्यो र उनले ५० औं मिनेटमा गोल गरेका थिए । एपीएफका लागि बिकी ताामाङले ४९ औं मिनेटमा एक गोल फर्काए ।

शनिबारको पहिलो खेल संकटा र मनाङ मर्स्याङदीबीच हुनेछ । यस्तो दोस्रो खेलमा च्यासल र एनआरटी भिड्ने छन् ।

प्रतिक्रिया