एमसीसीको बिरोधमा हेमन्त सेढाईको नेतृत्वमा बिशाल आन्दोलन; निषेधाज्ञा तोड्ने, संसद भवन घेर्ने चेतावनी

admin

अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फातिमा सुमारको नेपालमा जारी राजनीतिक भेटघाटसँगै उक्त सहायता परियोजना अनुमोदनको संकेत देखिएपछि एमसीसीको बिषयमा दरो खरो आवाज उठाउदै आएका नागरिकता तथा सिमानाविद हेमन्त सेढाईको नेतृत्वमा आज माइतिघर मण्डलामा बिशाल प्रदर्शनको तयारी हुँदै छ। सुमारले शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटे पश्चात चार वर्षदेखि अड्किएको एमसीसी परियोजना अगाडी बढ्न नदिन खबरदारी सहित आज अपरान्ह १ बजे माइतिघरबाट संसद भवनतर्फ र्याली गर्ने र निषेधित क्षेत्र तोडेर संसद भवन घेर्नेसम्म तयारी रहेको गोप्य सुत्र मार्फत जानकारी प्राप्त भएको छ।

उपाध्यक्ष फातिमा प्रधानमन्त्री देउवालाई भेट्न शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा पुगेकी थिइन्। भेटका क्रममा उनीहरूले एमसीसी र नेपालको आर्थिक रूपान्तरणका सम्भावनाहरूबारे छलफल गरेका थिए। प्रधानमन्त्री देउवाले भेटपछि ट्वीट गर्दै लेखेका छन्, ‘आज एमसीसी उपाध्यक्ष फातिमा सुमारलाई भेट्न पाउँदा खुसी लाग्यो।

‘परिवर्तनका लागि हाम्रो अवाज’ अभियानका संयोजक साजन बिश्वकर्माले समेत उक्त बिशाल जनप्रदर्शनमा भक्तपुरदेखि हजारौं युवाहरु सहित प्रदर्शनमा सहभागी हुने बताएका छन्। त्यस्तै ‘हाम्रो टिम नेपाल’ र ‘१००s ग्रुप’का युवाहरु समेत स्वतस्फुर्त रुपले उक्त प्रदर्शनमा टि-शर्ट सहित समावेश हुने कार्यक्रम रहेको छ।

प्रतिक्रिया