एमसीसीको बिरोधमा हेमन्त सेढाईको नेतृत्वमा ओली निवास बालकोट घेर्ने तयारी

admin

अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फतिमा सुमार नेपाल आईपुगेकी छिन्। एमसीसी परियोजना कार्यान्वयन भएका देशहरुमा वार्षिक रुपमा कार्यान्वयनको अवस्था बुझ्ने क्रममा उनी बिहीबार बिहान कतार हुँदै नेपाल आईपुगेकी हुन् । फतिमाले आजै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई अमेरिकी राजदुत र्यान्डी बेरि सहित आजै अपरान्ह १ देखि २ बजे बालकोटमै भेट्ने कार्यक्रम रहेको छ ।

एमसीसीबिषयमा दरो खरो आवाज उठाउदै आएका नागरिकता तथा सिमानाविद हेमन्त सेढाईको नेतृत्वमा सुमार भ्रमणको बिरोध गर्दै बालकोट घेर्ने कार्यक्रम राखिएको छ । एमसीसी संसोधन हैन खारेज नै गर्नुपर्छ भन्ने माग राख्दै आएका सेढाईले नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई खबरदारी गर्न उक्त कार्यक्रम राखेको बताएका छन् । उनको कार्यक्रमलाई हजारौं युवाले साथ दिनेमा आफु ढुक्क रहेको समेत बताएका छन्।

 

प्रतिक्रिया