”एमसीसी नेपालको लागि घातक”

मनिषा थापा

भक्तपुर : (नेकपा) का नेता लिलामणि पोखरेलले एमसीसी नेपालको लागि घातक भएको बताएका छन्। राष्ट्रिय जागर मञ्चले आयोजना गरेको कार्येक्रममा बोल्दै उनले एमसीसी सैन्य रणनीति भएको र विद्युत विकास भन्दापनि चीनले अगाडि सारेको बिआरआईलाई अबरोध गर्ने नियतका साथ ल्याइएको जनाए।

कार्यक्रममा नेता पोखरेलले इन्डो प्यासिफिक सैन्य रणनीति भएको बताउँदै एमसीसी पनि उसैको अंग भएको अमेरिकाले बताइसकेको बताए ।

एमसीसी विद्युत सम्झौतालाई नेपालको कानुनभन्दा माथि राखिएको भन्दै पोखरेलले गुनासो पोखे । उनले देशको कानुनलाई विस्थापित गर्नेगरी अमेरिकासँग एमसीसी सम्झौता गर्नु राष्ट्रिय स्वाधिनताको विरुद्धमा भएको बताए ।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू