एमसीसी विरोध : माइतिघरमा ‘राष्ट्रिय झण्डा’ पखालियो (भिडियोसहित)

अस्मिता बेल्बासे

काठमाडौं, २२ जेठ : सत्तामा बसेकाहरुले राष्ट्रिय झण्डा बिटुलो बनाएको बिरोधमा बिहीबार माइतीघर मण्डलामा झण्डा धुने कार्यक्रम गरिएको छ ।

स्वतन्त्र राष्ट्रिय अभियान नेपाल केन्द्रीय संयोजन समितिका तर्फबाट स्वागत नेपालले सत्तामा रहेर झण्डालाई बिटुलो बनाउँदा पनि अझै प्रयोग गरिराखेको भन्दै झण्डा धुने कार्यक्रम गरिएको बताए । 

सबैभन्दा कठोर शान्तिपूर्ण कार्यक्रमको रुपमा झण्डा धुने कार्यक्रम गरिएको जनाउँदै उनले नेपालको झण्डालाई चोखै देख्न चाहनेहरु यो राष्ट्रवादी आन्दोलनमा जोडिन सक्ने बताए । झण्डाको अपमान गर्ने र झण्डालाई गद्धारी गर्नेहरु बिरुद्धको यो आन्दोलन शान्तिपूर्ण रुपमा भएको उनले बताए ।

नेपाली अनुहारका विदेशी एजेण्टले बिटुलो बनाएकोले राष्ट्रिय झण्डा धुने ऐतिहासिक सांकेतिक र सबैभन्दा शक्तिशाली विरोध प्रदर्शन गर्न लागेको उल्लेख गर्दै नेपालले एमसीसी पास गर्न नहुने र बजेटबाट एमसीसी खारेजीको माग गरेका हुन् ।

माइतीघर मण्डलामा उपस्थित हुन नसकेकाहरुले घरघरमै पनि झण्डा धोएको तस्विर, भिडियो खिची सामाजिक संजालमा पोष्ट गरि आन्दोलनमा सहभागी हुन सक्ने बताएका छन् ।

बाँकी भिडियोमा

प्रतिक्रिया