एमसीसीको विरोधमा संसद भवन घेर्न पुगेका प्रदर्शनकारीमाथि लाठीचार्ज (फोटोफिचर)

admin

काठमाडौं, २८ मंसिर : अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्बन्धी सम्झौता संसद्‍बाट पारित नगर्न खबरदारी गर्दै संसद भवन नयाँ बानेश्वर अगाडि (आज) मंगलबार प्रदर्शन भएको छ ।

एमसीसीको विरोधमा विप्लव नेतृत्वको नेकपासहितका ६ दल र मोर्चा संगठनले संसद भवन घेराउ गरेको हो । सो क्रममा केही प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मंगलबार संसद बैठक बोलाइएकै समय पारेर संसद भवन घेराउ गरिएको हो ।

नयाँ बानेश्वरको पानी ट्यांकीनजिकै सडकमा प्रदर्शन गरेका उनीहरुमाथि प्रहरीले लाठीचार्ज गरेको थियो । प्रदर्शनकारीले एमसीसीविरुद्ब नाराबाजी गरेका थिए । यस्तै मंसिर २७ गते नेपालस्थित एमसीएको कार्यालय घेराउ गरिएको थियो ।

मंगलबारदेखि संसद अधिवेशन बोलाइएको र यसको एउटा मुख्य एजेण्डा एमसीसी भएको दलहरुले बताएका छन् । संसद बैठकमा एमसीसी अनुमोदनका लागि प्रस्ताव जानसक्ने चर्चाका बीच ६ दलीय मोर्चा तातेको हो । छ दलीय मोर्चामा मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी) माओवादी, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालगायतका दल तथा मोर्चा संगठन रहेका छन् ।

 

 

प्रतिक्रिया