एमसीसी सम्झौता इन्डो प्यासिफिक स्टाट्रेजीको अंग भए सिधा खारेज हुन्छ : अध्यक्ष प्रचण्ड

मनिषा थापा

– खगेन्द्र हमाल

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकासँग भएको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता इन्डो प्यासिफिक स्टाट्रेजीको अंग भए अनुमोदन नगर्ने बताएका छन् । शुक्रबार नेकपा संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले एमसीसी इन्डो प्यासिफिकको अंग नभएको पुष्टि भए मात्रै त्यसलाई अनुमोदन गर्ने बताएका हुन् ।

नेकपा स्थायी समिति बैठकमा एमसीसी सम्झौतालाई लिएर अनुमोदन गर्नुपर्ने र अनुमोदन गर्न नहुने धारणा आएपछि बसेको संसदीय दलको बैठकमा अध्यक्ष प्रचण्डले एमसीसीका बारेमा सरकारले अमेरिकी अधिकारीहरुसँग बुझ्ने बताए । नेकपाको जारी स्थायी समितिको बैठकमा नेताहरुले एमसीसी अमेरिकाको इन्डो प्यासेफिक स्टाट्रेजीको अंग भएको भन्दै त्यसलाई संसदबाट अनुमोदन गर्न नहुने धारणा राखेका थिए । नेकपाभित्रको अन्यौलको कारण संसद दर्ता गरिएको सम्झौता अनुमोदन हुन सकेको छैन ।

तर, पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघि नै एमसीसी अनुमोदन हुने बताएका थिए । नेकपा बैठकमा भीम रावल, लिलामणी पोखरेल, देव गुरुङसहितका स्थायी समिति सदस्यहरुले अमेरिकी सैन्य गठबन्धनको अंग भएको भन्दै त्यसको अनुमोदन गर्न नहुने धारणा राखेका थिए ।

प्रतिक्रिया