एमसीसी स्वीकृत नभए पनि सरकारकै लगानीमा परियोजना अगाडि बढाउनुपर्छ : डा. कँडेल

admin

काठमाडौं, १४ माघ : राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलले एमसीसी सहायता नआए सरकारले आफ्नै लगानीमा भए पनि परियोजना कार्यान्वयन गर्नुपर्ने बताएका छन् । उपाध्यक्ष कँडेलले राष्ट्रिय योजना आयोगले आफैले एमसीसी परियोजनालाई १५औं योजनामा समावेश नगरेको पनि स्पष्ट पारेका छन् ।

एमसीसी बारे राजनीतिक रुपमा पक्ष र विपक्षमा धारणा बनाउँदा परियोजना आफै गलत हो की भन्ने भ्रम पनि सिर्जना भएको उपाध्यक्ष कँडेलले बताएका छन् । उर्जा मन्त्रालयबाट निर्णय भएर आएको परियोजनालाई आयोगले पहिचान गरी रुपमान्तरणकारी आयोजनामा समावेश गरेको प्रष्ट पारे ।

परियोजनाको राजनीतिक पक्ष जे जस्तो भए पनि केही वर्ष भित्र विद्युतको ठूलो राष्ट्रिय प्रशारण लाइन आवश्यक पर्ने भएकोले सरकारले एमसीसी स्वीकृत नभए पनि परियोजनालाई अगाडि बढाउनुपर्ने बताए ।

उपाध्यक्ष कँडेलले एमसीसी परियोजना रुपान्तरणकारी आयोजनाको रुपमा १५औं योजनामा समेत समावेश भइसकेकोले सरकारले परियोजना निर्माणको कार्यलाई तिब्रता दिएको बताए । तर देशको पूँजीको अपर्याप्तताको कारणले एमसीसी आवश्यक पर्ने देखिएको पनि बताए ।

प्रतिक्रिया