एमाले केन्द्रीय कमिटी बैठक चल्दै, राजनीतिक प्रतिवेदनलगायतका प्रस्तावमाथि छलफल

admin

काठमाडौं, ८ असोज : नेकपा एमालेको केन्द्रीय कमिटी बैठक चलिरहेको छ । केहीबेर अघि तुलसीलाल प्रतिष्ठान भवन च्यासलमा सुरु भएको बैठकमा विधान महाधिवेशनको राजनीतिक प्रतिवेदन, सङ्गठनात्मक प्रस्ताव र विधान संशोधन प्रस्तावमाथि छलफल हुने केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिएका हुन् ।

उनका अनुसार शुक्रबार र शनिबार दुई दिन बस्ने बैठकले यी विषयहरु पारित गर्ने छ । यसअघि एमालेको स्थायी समिति बैठकमा पेस भएको विधान संशोधन मस्यौदामा ७० वर्षे उमेरहदलाई कायम राख्ने प्रावधानलाई यथावत् राखिएको छ ।

यो मस्यौदा विधान महाधिवेशनबाट अनुमोदन भएमा एमालेका दोस्रो तहका नेताहरुलाई आउँदो मंसिरमा हुने १०औँ महाधिवेशन नै नेतृत्वमा पुग्ने अन्तिम अवसर हुनेछ । एमालेको विधान महाधिवेशन आउँदो १५ देखि १७ गतेसम्म काठमाडौंमा हुँदैछ।

प्रतिक्रिया