एमाले–जसपा वार्ताः एउटा मागमा सहमति, नेताहरु भन्छन्, ‘कुरा सकारात्मक छ’

admin

काठमाडौं, २० चैत : प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकार सुरक्षित राख्न जनता समाजवादी पार्टी (जसपा) सँग वार्ता जारी राखेका छन् । सत्ता साझेदारीका लागि जसपाले राखेका माग पूरा गर्न सरकार र जसपा संयुक्त कार्यदलको बैठक बुधबार बसेको थियो ।

जसपा नेता एवम् कार्यदलका सदस्य लक्ष्मणलाल कर्णका अनुसार बैठकमा माग कसरी सम्बोधन गर्ने भन्ने विषयमा छलफल भएको थियो । ‘अदालतमा विचाराधीन मुद्दा फिर्ता गर्ने सहमति भएको छ । अन्य माग पूरा गर्ने विषयमा छलफल भइरहेको छ,’ कर्णले भने, ‘कुरा सकारात्मक छ ।’

जसपा नेता केशव झाले पनि सरकारसँगको वार्ता सकारात्मक भएको बताए । उनले भने, ‘जसले माग पूरा गर्छ, हामी त्यसैलाई समर्थन गर्छौं ।’ जसपाको समर्थनमा सरकार टिकाउन उसले राखेको माग पूरा गर्ने बारेमा प्रधानमन्त्री ओलीले पनि पटक–पटक शीर्ष नेताहरुसँग कुराकानी गरेका छन् ।

कार्यदलका अर्का एक सदस्यका अनुसार जसपाका माग कसरी र कुन प्रक्रियाबाट पूरा गर्ने भन्ने विषयमा छलफल भएको भइरहेको छ । आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिक्रिया