ए’सिड छ्याप्नेलाई दिइने सजाय बढाउनुपर्छ : विज्ञ

admin

काठमाडौं, १९ साउन : नेपालमा परिवारका सदस्य, आफन्त र नजिकका नातेदारबाट बदला लिन देखि, प्रेम सम्बन्ध सफल नहुनु जस्ता कारणले आफन्तबाटै ए’सिड आ’क्रमण बढी हुने गरेको एक तथ्याङ्कले देखाएको छ ।

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले नेपालमा परिवारका सदस्य, आफन्त र नातेदारबाट आ’क्रमण हुने तथ्याङ्क रहेको बताएका छन् । नेपालमा सबैभन्दा बढी ब्याट्री तथा इन्भर्टरमा प्रयोग हुने सल्फ्युरिक ए’सिड आयात हुने गरेको छ ।

ए’सिड जस्ता रासायनिक पदार्थ आयात गर्ने उद्योग प्रतिष्ठानसम्बन्धी ऐन कानुन भए पनि बिक्री वितरणका लागि कुनै कानुन छैन । इलेक्ट्रोनिक तथा सोलार इन्भर्टर उपलब्ध हुने ठाउँमा यो सुलभ रुपमा पाइन्छ ।

सरकारले ए’सिडको बिक्री वितरणका र ए’सिड आ’क्रमण गर्नेलाई कडा कानुनी कारबाही व्यवस्था गरे ए’सिड आ’क्रमणका घ’टनामा केही कमी आउन सक्छ । ए’सिड आ’क्रमण गर्ने व्यक्तिलाई बढीमा आठ वर्षको सजाय तोकिएकोमा त्यसलाई बढाउनुपर्ने विज्ञहरुको सुझाव छ ।

संसद्को कानुन, न्याय तथा मानव अधिकार समितिमा महानिरीक्षक थापाले पछिल्लो समय लिखित जाहेरी दर्ता भएका १७ वटा घ’टनामध्ये आठ वटा बदलाको भावनाले घ’टेको बताए । प्रेम सम्बन्धमा खट’पट आएका कारण पाँच र अनुहार कु’रुप बनाउने हिसाबले दुई वटा ए’सिड आ’क्रमणका घ’टना घ’टेको पाइएको उनले बताए ।

महान्यायाधिवक्ता अग्नि खरेलले ए’सिड जस्ता रासायनिक पदार्थको सहज उपलब्धता नहुने गरी कानुनी व्यवस्था गर्नुपर्ने बताए । सजिलै बजारमा ए’सिड प्राप्त हुने भएकाले पनि घ’टनाहरु बढी घ’ट्ने गरेको उनले बताए । सरकारले ए’सिड बिक्री वितरणका लागि निश्चित कार्यविधि बनाउनुपर्ने उनले बताए ।

प्रतिक्रिया