ए’सिड प्र’हारबाट घाईते कार्कीलाई भेट्न अस्पताल पुगे खतिवडा

अस्मिता बेल्बासे

काठमाडौं, ९ साउन : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा पूर्व सभासद रामहरि खतिवडा ए’सिड प्र’हारबाट घाईते भएकी पवित्रा कार्कीलाई भेट्न अस्पताल पुगेका छन् ।

बिहीबार साँझ ए’सिड प्रहार भएपछि कार्कीको उपचार कीर्तिपुरस्थित कीर्तिपुर अस्पतालमा भैरहेको छ । उनलाई भेट्न खतिवडा शुक्रबार अस्पताल पुगेका हुन् । बिहीबार साँझ पौने ८ बजे नागार्जुन नगरपालिका-४ सृजनशील टोलमा ओखलढुङ्गाकी २२ वर्षे कार्कीमाथि ए’सिड प्र’हार भएको थियो ।

खतिवडाले पवित्रा कार्कीमाथि ए’सिड प्र’हार गर्ने अ’पराधीलाई कडाभन्दा कडा कारबाही गर्न माग गरेका छन् । उनले उक्त घट्नाको घोर निन्दा गर्दै घट्नामा संलग्न अ’पराधीहरुलाई कडा कारबाही गर्न सरकारसमक्ष माग गरेका हुन् ।

अस्पतालमा खतिवडाले मिडियासँग कुरा गर्दै भने,‘आजको २१औं शताब्दीमा पनि ए’सिड प्र’हार हुनु दुःखद् छ । कानूनी राज्यको उपहास भएको छ । यो ज’घन्य अपराध हो । यस्तो अ’पराधमा संलग्नलाई कडाभन्दा कडा काबराही हुनुपर्छ । म सरकारको गम्भीर ध्यानाकार्षण गराउन चाहन्छु । मान्छेको जीउधनको सुरक्षा सरकारले लिनुपर्छ । ती बहिनीको गाँस, बासको जिम्मेवारी पनि सरकारले लिनुपर्छ ।’

ए’सिड प्र’हार गरिएकी पवित्राको गाला, हात र कपालमा ए’सिड परेको छ । पवित्राको उपचारमा डा. शंकरमान राई संलग्न छन् । घटनाका दोषी रौतहट लक्ष्मीपुर घर भइ काठमाडौंस्थित् डल्लु बस्दै आएका मोहम्मद आलाम र भारतीय नागरिक मुन्ना मोहम्मद पक्राउ परिसकेका छन् ।

प्रतिक्रिया