एसियाकै ठूलो ला’गुपदार्थ गि’रोहका नाइके पक्राउ

admin

एजेन्सी, ११ माघ : विश्वकै सबैभन्दा ठूलो ला’गुऔ’षध समूहका नाइके भएको आरोप लागेका एक जना पक्राउ परेका छन् । चीनमा जन्मिएका क्यानडेली नागरिक सो चि लप पक्राउ परेका हुन् । संसारमा सबैभन्दा धेरै खोजी गरिएका फरार अभियुक्तमध्येका एक मानिने उनलाई एम्स्टार्डममा रहेको स्किपोल विमानस्थलबाट पक्राउ गरिएको बीबीसीले जनाएको छ ।

नेदरल्यान्डको प्रहरीले अस्ट्रेलियाद्वारा जारी गरेको पक्राउ पुर्जीका आधारमा उनलाई पक्राउ गरिएको खबरमा उल्लेख गरिएको छ । एक दशकभन्दा अघिदेखि प्रहरीको निगरानीमा परेका उनी शुक्रबार क्यानडातर्फ उड्न लागेका बेलामा पक्राउ परेका हुन् । उनी आबद्ध गि’रोहले एशियाभरि हुने ७० अर्ब डलर बराबरको गैरकानुनी ला’गुऔ’षध कारोबारको ठूलो भाग ओगट्ने पनि बीबीसीले जनाएको छ ।

संयुक्त राष्ट्रसङ्घलाई उदृत गर्दै रोएटर्सले सो चि लपको समूहले मेट्याम्फेटमिन बिक्रीबाट मात्रै सन् २०१८ मा १७ अर्ब डलरभन्दा धेरै रकम आम्दानी गरेको अनुमान गरेको थियो । उनको पक्राउका लागि एएफपीको नेतृत्वमा विश्वभरिका झण्डै २० वटा निकायले सहकार्य गरेको रोयटर्सले जनाएको छ ।

ला’गुऔ’षध ओसारपसारको आरोपमा सन् १९९० ताका अमेरिकामा पक्राउ परेपछि उनले नौ वर्ष जे’लमा बिताएका थिए । अस्ट्रेलियाली सञ्चारमाध्यमहरूले उनको पक्राउलाई दुई दशकमा प्रहरीले हासिल गरेको एउटा महत्त्वपूर्ण उपलब्धि भएको बताएका छन् ।

प्रतिक्रिया