एसियाकै धनाढ्य मुकेश अम्बानीकी छोरीको भव्य विवाह (भिडियो)

मनिषा थापा

रिलायन्स इण्डष्ट्रिजका मालिक मुकेश अम्बानीकी छोरी इशा अम्बानीको बुधबार आनन्द पिरामलसँग विवाह भएको छ । बेहुला आनन्द साँस्कृतिक रिवाजअनुसार मुख ढाकेर बेहुली लिन आएका थिए । जन्तीको स्वागत गर्न इशाका दाजु अनन्त अम्बानी घोडामा बसेका देखिए । आनन्द पिरामल इण्डष्ट्रिजका मालिक अजय पिरामलका छोरा हुन् ।

इशा र आनन्दलाई आशीर्वाद दिन अमेरिकी पूर्व राष्ट्रपति बिल क्लिन्टनकी पत्नी हिलारी क्लिन्टन, भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जी, अभिनेता अमिताभ बच्चन, रजनीकान्त, आमिर खान लगायत विशिष्ट अतिथिहरु पुगेका थिए ।

२७ वर्षकी इशा भारतका सबैभन्दा धनी उद्योगपछि मुकेश अम्बानी र नीता अम्बानीकी छोरी हुन् । उनी जियोकी बोर्ड अफ डाइरेक्टरकी सदस्य हुन् । उनको विवाह ३३ वर्षका आनन्द पिरामलसँग भएको हो ।

आनन्द देशकै सबैभन्दा ठूलो फर्मास्युटिकल कम्पनी पिरामल ग्रुपका मालिक अजय पिरामलका छोरा हुन् । आनन्द पिरामल रियालिटीका संस्थापक तथा ग्रुपका एग्जिक्युटिभ डाइरेक्टर हुन् । यो जोडीलाई आनन्दका मातापिता अजय–स्वाती पिरामलले ४५२ करोडको ओल्ड गुलिटा बंगला उपहार दिएका छन् । विवाहपछि उनीहरु यहीँ बस्नेछन् । मुम्बइको वर्लीमा रहेको यो बंगला पाँच तलाको र ५० हजार वर्गफिटमा फैलिएको छ ।

प्रतिक्रिया