‘ए मेरो हजुर ३’ र ‘यात्रा’ हेरेपछि हलबाटै दर्शकले दिए यस्तो प्रतिकृया [भिडियोसहित]

पूजा बानियाँ

पिएनपीखबर, भक्तपुर। दुई नेपाली फिल्म ‘ए मेरो हजुर ३’ र ‘यात्रा’ को आज शुत्रबार प्रदर्शनीसँगै यस वर्ष बिट मार्दै छन् । वर्षमा झन्डै एक सय नेपाली फिल्म प्रदर्शनीमा आए । नेपाली फिल्मका लागि खासै सुखद् हुन नसकेको यस वर्षलाई अनमोल केसी स्टारर ‘ए मेरो हजुर ३’ र सलिनमान बानियाँ स्टारर ‘यात्रा’ ले राहत दिन सक्ने अनुमान गरिएको छ ।

झरना थापा निर्देशित ‘ए मेरो हजुर ३’ मा अनमोलको कोएक्टरको रूपमा सुहाना थापाले डेब्यु गरेकी छन् भने सम्राट शाक्यको डेब्यु निर्देशन रहेको ‘यात्रा’ मा पनि सलिनको जोडीका रूपमा मलिका महतले ब्रेक पाएकी छन् ।भर्खर स्तानक प्रथम वर्षमा पढदै गरेकी मलिकालाई निर्देशक शाक्यले स्वप्न सुमनको एक म्युजिक भिडियोमा देखेपछि कास्टिङ गरेका थिए ।

हलमा चलचित्र हेर्नेको घुइचो लागेको छ। चलचित्र व्यापार कस्तो होला भन्ने कौतुहलतामा चलचित्र क्षेत्र चनाखो बनेको छ । यूवापुस्तामाझ लोकप्रिय मानिएका नायक अनमोल केसी र चकलेटी नायक सलिनमान बनियाँको अभिनय रहेका कारण पनि यी दुई चलचित्रलाई लिएर कौतुहलता बढ्नु स्वभाविक हो ।

कौतुहलतासँगै हलमा दर्शकको भिड पनि उस्तै छ। पिएनपी मिडिया टिमसँग कुराकानी गर्दै चलचित्र हेर्ने दर्शकले आ-आफ्नो तर्फबाट यस्तो प्रतिक्रिया दिएका छन्।

हेर्नुहोस् भिडियोमा :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू