ओमानबाट अक्सिजन सिलिन्डर नेपाल ल्याइयो

admin

काठमाडौं, १ जेठ : ओमानबाट ५ सय ६० थान अक्सिजन सिलिन्डर नेपाल ल्याइएको छ । नेपाल वायुसेवा निगमको वाइडबडी जहाजले शनिबार ओमानबाट अक्सिजन सिलिन्डर ल्याएको हो ।

गैरआवासिय नेपाली संघ र मस्कटस्थित नेपाली दूतावासको सहयोगमा जुटाइएको ५ सय ६० थान अक्सिजन सिलिन्डर ल्याइएको हो ।

६३ हजार सात सय डलरमा किनिएका ती सिलिन्डरको ढुवानी खर्च सरकारले व्योहोरेको छ । नेपाल ल्याएका अक्सिजन सिलिन्डर आइतबार हस्तान्तरण गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया