ओमानमा कोरोनाको नयाँ स्वरुप देखियो, नेपालीलाई कानुनबमोजिम चल्न दूतावासको आग्रह

admin

काठमाडौं, १५ माघ : कोरोनाको नयाँ स्वरुप देखिएसँगै ओमान सरकारले सामूहिकरुपमा भेला हुने तथा सामाजिक कार्यमा जमघट हुने कार्यमा पूर्णतया प्रतिबन्ध लगाएको छ । ओमानमा कोरोना भाइरसको अनुगमन गरिरहेको सर्वोच्च कमिटीको बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको ओमानको लागि नेपाली दूतावासले जनाएको छ ।

कोरोना संक्रमण नियन्त्रणको लागि थप कडाइ गर्दै कमिटीले सावधानीका उपायमा बढी सचेत हुन आग्रह गरेको छ । संक्रमण बढेसँगै ओमानमा रहेका नेपाली नागरिकलाई त्यहाँको कानुनबमोजिम चल्न र निर्देशनहरु पूर्ण पालना गर्न दूतावासले आग्रह गरेको छ ।

यस विषयमा थप बुझ्नु परेमा दूतावासको सम्पर्क नम्बर २४६९६१७७ २४६९६८८३ र हटलाइन नम्बर ७१५९२४९० मा सम्पर्क गर्न सकिने दूतावासले जनाएको छ ।

प्रतिक्रिया