ओमानले प्रतिबन्ध लगायो भारत, पाकिस्तान र बङ्गलादेशबाट आउने यात्रुलाई

admin

काठमाडौं, ९ बैशाख : ओमानले भारत, पाकिस्तान र बङ्गलादेशबाट आउने यात्रुलाई प्रतिबन्ध लगाएको छ । कोरोना भाइरसको जोखिम बढेकाले भारत, पाकिस्तान र बङ्गलादेशबाट आउने यात्रुलाई रोक लगाएको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन् । प्रतिबन्ध आउँदो शनिबार देखि लागू हुनेछ ।

यस्तै २४ घण्टामा भारत, पाकिस्तान र बङ्गलादेशमा ट्रान्जिट परेका यात्रुलाई पनि यो प्रतिबन्ध लागू हुनेछ । तर ओमानका नागरिक, राजनितिक व्यक्ति तथा स्वास्थ्य कार्यकर्तालाई भने यो प्रतिबन्ध लागू हुने छैन । यद्यपि उनीहरूको स्वास्थ्य जाँच भने अनिवार्य हुनेछ । भारत, पाकिस्तान र बङ्गलादेशमा कोरोनाको नयाँ ‘भेरिएन्ट’ फैलिएको भन्दै ओमानले त्यहाँबाट आउने यात्रुलाई रोक लगाएको हो ।

भारतमा गएको २४ घण्टामा तीन लाखभन्दा धेरैलाई कोरोना भाइरसको संक्रमण भएको छ । यो विश्वमै अहिलेसम्म सबैभन्दा धेरै हो । यस्तै यही अवधिमा भारतमा कोरोनाका कारण दुई हजारभन्दा धेरैको ज्यान गएको छ ।

प्रतिक्रिया