ओमान प्रवेशमा सबै भिसा वाहकलाई अनुमति

admin

एजेन्सी, ५ बैशाख : ओमान सरकारले सबै भिसा वाहकलाई आफ्नो देश प्रवेशमा अनुमति दिएको छ । शुक्रबार ओमानको वायु सेवा निगमले सम्बन्धित सबै निकायसँग समन्वय गरिसकेकाले चाँडै सबै भिसा वाहकलाई ओमान प्रवेशमा अनुमति दिएको गल्फ न्युजले जनाएको छ ।

ओमानले बढ्दै गएको कोरोना संक्रमणलाई मध्येनजर गर्दै गएको अप्रिल ७ देखि आफ्नो देशका नागरिक र आवासीय भिसा वाहक नागरिकलाई आफ्नो देश प्रवेशमा रोक लगाएको थियो । ओमानमा पछिल्लो समय कोरोनाको संक्रमण बढ्दै गएको छ । ओमानका सबै अस्पतालमा रहेका आईसीयू वार्ड कोरोना संक्रमित बिरामीले भरिएका त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया