ओलीलाई धोका दिएर मंगल थापा पुगे प्रचण्ड–नेपाल समुहमा

admin

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको भोलिपल्ट समर्थनमा उत्रिएका एकजना विवादित पात्र मंगल थापालाई नेकपा दाहाल-नेपाल समूहले भित्र्याएको छ। आफ्नो चर्को भाषण र बोलीबाट चर्चा कमाएका उनलाई मंगलबार दाहाल-नेपाल समूहका नेताहरुले आफ्नो समूहमा भित्र्याएका हुन्।

थापाले पुस ६ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन र मध्यावधि चुनाव घोषणाका लागि चालेको कदम संवैधानिक र लोकतान्त्रिक भएको बताएका थिए। तर त्यसको ठ्याक्कै एक महिनापछि उनी ओलीलाई छाडेर दाहाल-नेपालतिर लागेका हुन्।

उनलाई नेकपा दाहाल-नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठ, नेता योगेश भट्टराई, अनेरास्ववियुका रञ्जीत तामाङसहितले स्वागत गरेका छन्। उनलाई यसअघि ओली समूहले अनेरास्ववियुको केन्द्रीय सदस्यसमेत बनाएको थियो।

प्रतिक्रिया