ओलीले नै पार्टीभित्र एकता खोजेनन् : नेता भूषाल

admin

काठमाडौं, २ बैशाख : नेकपा एमालेका नेता घनश्याम भुसालले केपी ओलीले नै पार्टीभित्र एकता नखोजेको बताउनुभएको छ ।

बिहीबार माधव नेपालपक्षीय प्रेस चौतारीले बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता भुसालले पार्टी अध्यक्ष ओलीले आफ्ना पार्टीका व्यक्तिलाई धमाधम कारवाही गर्ने र फरक विचार राख्नेहरूसँग सहकार्य गर्न खोज्ने गरेबाट नै पार्टी एकता नखोजेको प्रष्ट हुने बताउनुभयो ।

नेता भुसालले ओलीले आफ्नो गल्ती स्वीकार गरेर अगाडि बढे अहिले पनि वामगठबन्धनको सरकार रहनसक्ने उल्लेख गर्नुभयो ।

ओलीको सत्ता लोभ र अहंकारले पार्टीलाई गम्भीर क्षति पुगेपनि अहिलेसम्म त्यसलाई महशुस नगरेको उहाले आरोप लगाउनुभयो । उहाले २०७७ सालमा ओलीले बिगारेको राजनीतिलाइ २०७८ सालमाा ट्र्याकमा ल्याइने उल्लेख गर्नुभयो ।

उहाले सरकार गठनका लागि ओलीले खोजेको गठबन्धन नै राष्ट्रिय राजनीतिको मूल गाँठो भएको तर्क गर्नुभयो । भुसालले आफूहरूले समानान्तर कमिटी गठन गरेको नभई पूरानो कमिटी ब्युँताएको दावी गर्नुभयो ।

प्रतिक्रिया