ओली र नेपालबीच सिंहदरबारमा वार्ता सुरु

admin

काठमाडौं, ३१ वैशाख : नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच वार्ता सुरु भएको छ। दुवै पक्षका दोस्रो तहका नेताहरुसहित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा वार्ता सुरु भएको हो।

वार्तामा ओली पक्षबाट सुवास नेम्वाङ, विष्णु पौडेल, इश्वर पोखरेल सहभागी छन् भने नेता नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र रघुजी पन्त सहभागी छन्।

बिहीबार दिउँसो ओली र नेपालबीच भएका सहमति कार्यान्वयनबारे थप छलफल गर्न वार्ता सुरु भएको हो। ओलीसँग वार्ता गर्नुअघि नेता नेपालले आफ्नो पक्षका केन्द्रीय सदस्यहरुसँग भर्चुअल बैठक गरेका थिए।

नेता नेपालका अनुसार ओली पार्टीलाई २०७५ जेठ २ को अवस्थामा फर्काउन सहमत भएका छन्। तर त्यहाँसम्म कसरी जाने भन्ने विषयमा दुवै पक्षले दोस्रो तहका नेतासहित छलफल थालेका हुन्।

प्रतिक्रिया