देव गुरुङलाई हटाएर ओली समूहद्वारा संसदीय दलको प्रमुख सचेतकमा विशाल भट्टराई नियुक्त

admin

काठमाडौं, १४ फागुन : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को ओली समूहले पार्टी संसदीय दलको प्रमुख सचेतकबाट देव गुरुङलाई हटाएर विशाल भट्टराइलाईलाई नियुक्त गरेको छ । प्रधानमन्त्री एवम् नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले नेकपाको प्रचण्ड-नेपाल समूहका नेता गुरुङलाई हटाएर आफ्नो समूहका भट्टराईलाई प्रमुख सचेतक बनाएका हुन् ।

पार्टीको संसदीय दलको नेताले प्रमुख सचेतक छान्ने व्यवस्था रहेको छ । प्रधानमन्त्री ओलीले संसदीय दलको सचेतकमा भट्टराईलाई नियुक्त गरेको नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए ।

शुक्रबार प्रदेश १ का सांसदहरूसँगको छलफलमा प्रधानमन्त्री एवम् नेकपा संसदीय दलका नेता ओलीले आफूले नेता देव गुरुङलाई धन्यवाद दिँदै विशाल भट्टराइलाई नियुक्त गरेको जानकारी गराएको उपनेता नेम्वाङले जानकारी दिए ।

प्रतिक्रिया