औषधि किनेर फर्केकामाथि प्र*हरीले बर्सायो ला*ठी (भिडियो सहित )

admin

काठमाडौं, बैशाख ५:  लकडाउन बेला नेपाल प्र*हरीबाट नागरिकमाथि भइरहेका ज्या*दतीका घटना दिनदिनै बाहिर आएका छन्। बुधबार साँझ त्रिवि शिक्षण अस्पतालका चिकित्सकलाई प्रहरीले कुटपिट गरेको २४ घन्टा नबित्दै बिहीबार कलंकीमा औषधि किनेर फर्किएका तीन जनामाथि प्र*हरीले ला*ठी बर्साएको छ।

साँझ सवा ५ बजेतिर कलंकी चोक र कलंकी मन्दिर बीचमा औषधि किनेर फर्किरहेका तीन जनालाई प्रहरीले अमानवीय तरिकाले लाठी हानेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। उक्त भिडिओ हेल्थपाटी डटकमका पत्रकार जगन्नाथ ढकालले खिचेका हुन्। उनले ती मानिसले मेडिकलबाट औषधि किनेको आफूले नै देखेको बताए।

‘म अलि पहिलादेखि नै गाडी रोकेर बसेको थिएँ। प्रहरीले ती तीन जनालाई घेरा हालेर कहाँ हिँडेको भनेर सोध्यो। उनीहरूले ‘हामी औषधि किनेर आएका हौं, तपाईंलाई चाहिन्छ भने बिल पनि छ’ भन्ने जवाफ दिए,’ घटनाका प्रत्यक्षदर्शी ढकालले भने, ‘त्यही बेला निकै रूखो बोलेर एक जना प्रहरीले उनीहरूलाई लाठीले घोचे।’

औषधि किनेको भन्दाभन्दै प्र*हरीले अभद्र व्यवहार गरेपछि उनीहरूले प्रहरीलाई ‘तपाईंहरूले यस्तो गर्न पाउनु हुन्न’ भनेका थिए। ‘उनीहरूले विरोध गरेपछि झन् सबै प्र*हरी मिलेर लाठी हान्न थाले। म गाडीबाट निस्केर नजिकै गएँ, उहाँहरू औषधि किनेर आउनुभएको भन्दा उल्टै प्र*हरीले मलाई थर्काए,’ ढकालले भने। प्र*हरीले क्यामरा बन्द गर्नुस् भनेकाले आफूले पछिको भिडिओ खिच्न नपाएको उनको भनाइ छ।

‘प्र*हरीले क्यामरा बन्द गर्नुस् भनेपछि म गाडीमा आएँ। त्यति बेलासम्म तिनै जनालाई प्र*हरीले प*क्रेको थियो,’ उनले भने। औषधि किनेर फर्किएका नागरिकलाई लाठी बर्साउने इन्स्पेक्टरसहितको उक्त टोली महानगरीय नगर प्र*हरीबाट खटिएको हो।

महानगरीय प्र*हरी कार्यालयका प्रमुख डिआइजी विश्वराज पोखरेलले उक्त घटनाबारे आफूले भर्खरै जानकारी पाएको र थप अनुसन्धान गरिरहेको बताए। ‘उपत्यकाका सबै प्र*हरीलाई संयमित हुन निर्देशन दिएको छु,’ पोखरेलले भने।

यसअघि बुधबार साँझ प्रहरी नायब उपरीक्षकको टोलीले शिक्षण अस्पताल छेउमा डेरामा फर्किरहेका डाक्टरहरूलाई कुटपिट गरेको थियो। उक्त कुटपिटमा संलग्न महानगरीय प्र*हरी वृत्त महाराजगञ्जका डिएसपी उमेश लम्साललाई जिम्मेवारीमुक्त गरिएको छ भने अरू प्र*हरीलाई पनि महानगरीय प्र*हरी कार्यालय तानिएको छ।
भिडियो हेल्थ पाटी

प्रतिक्रिया