कंगोमा क्याप्टेनबाट कु’टिए सैनिक जवान, जङ्गी अड्डाले थाल्यो छानबिन

admin

काठमाडौं, असोज १० : शान्ति स्थापनाका लागि कंगोमा खटिएका एकजना नेपाली सैनिकलाई आफ्नै अधिकृतले मरणासन्न हुनेगरी कु’टेका छन् । सैनिक अधिकृतले जवानमाथि गरेको कु’टपि’टको घ’टनामा छनबिनका लागि जङ्गी अड्डा भद्रकालीले कोर्ट अफ इन्क्वायरी पनि गठन गरेको छ ।

कोर्ट अफ इन्क्वायरीमा नेपाली सेनाकै वकील, चिकित्सकलगायत सम्मिलित छन् । तीन जना क्याप्टेन इन्द्र थापा, सुवास हुमागाई र योगेन्द्र धितालले जवान नवराज माझीलाई मरणासन्न हुनेगरी कु’टेको जनाइएको छ ।

कंगोमा अधिकृतले जवानलाई कु’टेको भन्ने विषयमा छानविन शुरु गरिएको सैन्य प्रवक्ता सहायकरथी, सन्तोष बल्लभ पौडेलले जानकारी दिनुभयो । कंगोको गणमा रहेका जेष्ठ सेनानीको नेतृत्वमा छानविन थालिएको प्रवक्ता पौडेलले जानकारी दिनुभएको हो ।

घ’टना ८ गते बिहीबार राति भएको तर आफूहरुले पनि कु’टपि’ट गरेको तस्वीर सामाजिक सञ्जालमा आएपछि मात्रै थाहा भएका पौडेलले जानकारी दिनुभयो । शान्ति स्थापनार्थ कंगोमा हाल नेपाली सेनाका सात सय सैनिक रहेका छन् ।

एक वर्ष अवधि पूरा गरेका उनीहरु नेपाल फिर्ता आउनु पर्नेमा हाल कोरोनाको कारण रोकिएको पनि सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया