कक्षा ११ र १२ मा वास्तु अध्यापन गराइने

admin

काठमाडौं, ५ चैत : पाठ्यक्रम विकास केन्द्रले माध्यमिक तहमा पहिलोपटक वास्तु विषयको अध्यापन गराउने उद्देश्यले पाठ्यक्रम निर्माण शुरु गरेको छ ।

पाठ्यक्रम निर्माण गर्न नेपाल संस्कृत विश्वविद्यालयका पूर्वप्राध्यापक श्रीकृष्ण अधिकारीको संयोजकत्वमा समिति गठन गरिएको छ । समितिमा डा. खिलानाथ बस्ताकोटी, उप. प्रा. पुरुषोत्तम भट्टराई र वासुदेवकृष्ण शा’स्त्री सदस्य रहेका छन् ।

नेपालमा प्रा’चीन गुरुकुलकालीन शिक्षा प’द्धतिमा वास्तुको अध्यापन हुने गरे पनि शैक्षिक तहमा औपचारिकरुपमा आगामी शैक्षिक सत्र २०७७ देखि अध्यापन गर्ने तयारी स्वरुप पाठ्यक्रम निर्माण अन्तिम चरणमा पुगेको जनाइएको छ ।

यसअघि नेपाल संस्कृत विश्वविद्यालयको शास्त्री र आचार्य तहमा सि’द्धान्त तथा फलित ज्योतिष विषयमा ३० पू’र्णा’ङ्क’सम्मको वास्तुसम्बन्धी अध्यापन हुन्थ्यो । पछिल्लो समय राजधानीलगायत मुख्य मुख्य शहरमा वास्तुलाई पछ्याउँदै घर, भवनलगायत संरचना बनाउने क्रम बढेको छ जसका कारण धेरै ज्योतिषीले वास्तुसमेत हेर्न थालेका थिए ।

यस क्षेत्रमा दक्ष जनशक्ति नभएका कारण विभिन्न समस्या आएको गुनासो बढेपछि औपचारिकरुपमा पाठ्यक्रम निर्माण भइरहेको सदस्य भट्टराईले बताए । संस्कृत मावि एवं वेद विद्या’श्रमका लागि कक्षा ११ र १२ अध्यापन गराउने गरी संस्कृत भाषाको पाठ्यक्रम निर्माण गर्न लागिएको उनले बताए ।

पाठ्यक्रममा प्रा’चीन वास्तु, गृह, भवन, मन्दिर (प्रासाद) निर्माण, चिनियाँ वास्तु प’द्धति फेङ सुईलगायत विषय वस्तु समावेश हुने जनाइएको छ । केन्द्रका सूचना अधिकारी गणेश भट्टराई आगामी साउनदेखि अध्यापन हुने गरी पाठ्यक्रम निर्माण अन्तिम चरणमा पुगेको बताउँछन् ।

संस्कृत र नेपाली दुवै भाषामा पाठ्यक्रम एवं पुस्तक प्रकाशन गरी अध्यापन गराउन चाहने संस्कृत तथा साधारण दुवै लागू गर्न सक्ने उनले बताए । प्राचीन निर्माण प’द्धतिलाई पूर्णरुपमा लागू गरेमा बलियो संरचना बनाउन सकिने वास्तुशा’स्त्री शिवप्रसाद पोखरेल बताउँछन् ।

यस विषयमा बृह’त्सं’हिता, विश्वकर्मा प्रकाशलगायत ग्रन्थमा चर्चा गरिएको उनले जानकारी दिए। माध्यमिक तहको कक्षा ११ र १२ का लागि सिद्धान्त र फलित ज्योतिषको पाठ्यक्रम गत वर्ष नै निर्माण भइसकेको छ । दुवै विषयको अध्यापन चालु शैक्षिक सत्रदेखि नै शुरु भइसकेको केन्द्रले जनाएको छ ।

प्रतिक्रिया