कक्षा १२ को परीक्षा तालिका सार्वजनिक (तालिकासहित)

admin

काठमाडौं, ६ साउन :  कक्षा १२ को परीक्षा तालिका सार्वजनिक गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डले (हिजो) मंगलबार साउन ३१ गतेदेखि परीक्षा सुरु गर्ने निर्णय गरेपछि तालिका सार्वजनिक भएको हो । परीक्षा साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म सञ्चालन हुनेछ ।

परीक्षा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुनेछ । विद्यार्थीहरूले आफूले अध्ययन गरेकै विद्यालयबाट परीक्षा दिन पाउने छन् । गएको जेठ २६ गतेदेखि सुरु गर्ने तय भएको परीक्षा कोरोना सङ्क्रमण जोखिमका कारण लगाइएको निषेधाज्ञाले गर्दा स्थगित भएको थियो ।

यस वर्ष सय पूर्णाङ्क रहने गरि नै परीक्षा भौतिक उपस्थितिमा गर्ने बोर्डले निर्णय गरेको हो । गएको वर्ष बोर्डले ४० प्रतिशतका लागि परीक्षा लिएर बाँकी ४० प्रतिशत कक्षा ११ को नतिजाका आधारमा र २० प्रतिशत आन्तरिक मूल्याङ्कनको आधारमा परीक्षा लिएको थियो ।

 

प्रतिक्रिया