कचनकवलको बजेट तथा नीति कार्यक्रम सार्वजनिक

शर्मिला गुरुङ

काठमाडौँ, १ साउन : कचनकवल गाउँपालिकाको चौथो नगरसभाबाट पारित नीति तथा कार्यक्रम आज सार्वजनिक गरिएको छ ।

गाउँपालिकाले परम्परागत वितरणमुखी बजेट प्रणालीमा क्रमभङ्ग गर्दै आवश्यकताका आधारमा आर्थिक वर्ष २०७६÷०७७ मा रु ४७ करोड ६० लाख बजेट विनियोजन गरेको पालिकाका अध्यक्ष अञ्जार आलमले बताउनुभयो । अध्यक्ष आलामले चालूतर्फ रु २० करोड ५८ लाख ४४ हजार र पूँजीगततर्फ रु २७ करोड १५ लाख छ हजार विनियोजन गरेको बताउनुभयो ।

उहाँका अनुसार बजेट तथा कार्यक्रमले पूर्वाधार विकास, कृषिमा आधुनिकीकरण तथा व्यवसायीकरण, शिक्षा क्षेत्रमा गुणात्मक सुधार, स्वास्थ्य सेवामा सुधारसँगै बनियानी स्वास्थ्य चौकीमा मिर्गौला रोगीका लागि डायलासिस सेवा सञ्चालन गरिने, पर्यटन प्रवद्र्धनको क्षेत्रमा विशेष जोड र प्राकृतिक विपद् व्यवस्थापनलाई प्राथमिकतामा राखेको छ ।

त्यसैगरी पालिकाले चालू आर्थिक वर्षमा महिला स्वास्थ्य स्वयंसेविकालाई मासिक रु दुई हजारका दरले प्रोत्साहनस्वरुप भत्ताको व्यवस्था गरेको छ । सबै बालविकास शिक्षक र विद्यालय कर्मचारीलाई प्रोत्साहनस्वरुप वार्षिक पाँच हजार प्रदान गरिने उपप्रमुख निमसरी राजवंशीले बताउनुभयो । रासस

प्रतिक्रिया