कञ्चनपुरमा आगलागी: जलेर एकको मृत्यु, दुई घाइते

राष्ट्रिय समाचार समिति

कञ्चनपुर , ११ भदौ : कञ्चनपुरको पुनर्वास नगरपालिका ४ ‘घ’ गाउँमा बुधवार बिहान खाना पकाउने ग्यास चुहावट भई आगलागी हुँदा बुधबार एक व्यक्तिको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्।

फाइल तस्बिर

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक किशना नन्द भट्टका अनुसार आगलागीमा परेर गम्भीर घाइते भएकी शान्ति पौडेलको उपचारका क्रममा सेती अञ्चल अस्पतालमा मृत्यु भएको हो। अर्का आगलागीमा परेर घाइते भएका मृतकका श्रीमान् नेत्रप्रसाद पौडेलको सेती अञ्चल अस्पताल धनगढीमा उपचार भइरहेको छ।

पुनर्वास नगरपालिका ६ का धनबहादुर थापाको पोलिक्लिनिक धनगढीमा उपचार भइरहेको छ। प्रहरीका अनुसार नेत्रप्रसादका दुवै खुट्टा जलेको र थापाको खुट्टामा सामान्य चोट लागेको छ। भान्सामा खानापकाउने ग्यासको पाइप चुहावट भई आगलागीमा परेकी शान्तालाई जोगाउने क्रममा नेत्रप्रसाद र धनबहादुर घाइते भएको प्रहरीको भनाइ छ। भान्सामा पूर्ण रूपमा क्षति पुगेको छ।

प्रतिक्रिया