कतारमा तामाङ कथानक चलचित्र ‘सेर्कु’को विशेष शो हुँदै

शर्मिला गुरुङ

काठमाडौँ, १ पुष  :  तामाङ कला र संकृतीको जगेर्ना गरौं, बिश्व भरी छरिएर रहेका तामाङ कलाकारहरु एक हौं, भन्ने मुल नाराका साथ सन २०१६ मा स्थापना भएको “प्रतिभा उत्थान कोषको” सहयोगार्थमा नेपाल तामाङ कलाकार संघ कतारले तामाङ कथानक चलचित्र “सेर्कु” यहि डिसेम्बर २१ तारिखमा केरला कल्चर सेन्टरमा बिहान ११ बजे देखि बिशेष च्यारिटी शो हुने भएको छ ।

राजकुमार मोक्तानले निर्देशन गरेको तामाङ चलचित्रमा कथा लेखन तथा नायकको भूमिका ऋतुराज पाख्रीनको रहेको छ। शोही २१ तारिकका दिन कतारमा नायक तथा कथाकार ऋतुराज पाख्रीन जाने पक्का भएको छ।राष्ट्रिय नाचघर जमल, बौध, पृथ्वी हल, काभ्रेमा सेर्कुलाई निकै दर्शकहरुले रुचाएको थियो।फिल्मको तारिफ अनि कलाकारहरुको जिबन्त अभिनयले आम दर्शकको मनमा छाप राखिसके छ।

चलचित्रमा ऋतुराज पाख्रीन, चादनी मोक्तान, सुस्मा थिङ, सुस्मा मोक्तान ,उर्मिला वाईबा,विकास स्याङतान, श्याम लाल योन्जन, बैरागी मोक्तान लगायत कलाकारहरूको अभिनय रहेका छन् । चलचित्रमा अपाङ्गलाई हेर्ने दृष्ट्रीकोण र गर्ने ब्यवहार कस्तो छ भन्ने कुरालाई उजागर गर्न खोजेको आयोजक परिवारले जानकारी दिएको छ ।

सिद्धार्थ मोक्तानको निर्माण र सह–निर्माताको रुपमा भने निमा दावा रुम्बा र तेन्जिङ शेर्पा ह्योल्मो रहेका छन् । चलचित्रको गीतमा जीतु लोप्चन, अमृत लामा, र आर बि लामाको स्वर रहेको छन भने जिबन बोम्जन र राज कुमार मोक्तानको सब्द रहेको छ।

प्रतिक्रिया