कतारमा बस्ने नेपालीका आफन्तको लागि खुसिको खबर ! बिना भिसा कतार घुम्न पाइने

रिता घिसिंग

काठमाडौं : कतारमा कामको लागि गएका नेपालीका आफन्तले बिना भिसा कतार घुम्न पाउने भएका छन् । कतारको राष्ट्रिय पर्यटन काउन्सिलले कतारमा बस्ने विदेशी नागरिकका परिवार र साथीभाइलाई बिना भिसा कतार घुम्न पाउने अवसर ल्याएको हो ।

‘समर इन कतार’ उत्सवका बेला विदेशीहरु त्यहाँ बिना भिसा जान पाउनेछन् । यो कार्यक्रम कतारको पर्यटन काउन्सिलले ३५ अन्य संघ संस्थासँग मिलेर आयोजना गर्दैछ र यो जून ४ देखि अगष्ट १६ सम्म चल्नेछ ।

गल्फ टाइम्सको समाचारमा उल्लेख भएअनुसार कतारमा बस्ने नेपालीका आफन्त र साथीभाइहरु बिना भिसा त्यहाँको हमाद अन्तर्राष्ट्रिय विमानस्थल हुँदै कतार प्रवेश गर्न पाउनेछन् । कतारका नागरिक र त्यहाँ बस्नेहरुले यो उत्सवका बेला आफ्ना आफन्त र साथीभाइलाई ल्याउन वा त्यहीँ बसेर निमन्त्रणा दिइ बोलाउन सक्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू