कपडाले बेरिएको अवस्थामा कोठाभित्र आमा–छोरीको शव फेला, हत्याको आशंका

मनिषा थापा

२४, मङ्सिर : वीरगञ्ज महानगरपालिका–१२, मुर्लीस्थित शिवनगर टोलमा सोमबार साँझ बाहिरबाट ताला लगाएको अवस्थामा कोठाभित्र भुईमा कपडाले बेरेर राखिएको आमाछोरीको शव फेला परेको छ । कोठाभाडामा बस्दै आएको घरकै कोठामा शव फेला परेको हो ।

डेरामा बस्दै आएका बारा कलैया उपमहानगरपालिका वडा नं. २६ सिसुवा महेशपुरका पवन साहकी अन्दाजी २२ वर्षीया श्रीमती र अढाई वर्षकी छोरी मृत भेटिएका हुन् । पवन शाह भने फरार छन्।

घरधनीले कोठाबाट गन्ध आएको र केही दिनदेखि त्यसकोठामा बस्ने कोहि पनि नदेखिएको भन्दै प्रहरीलाई खबर गरेपछि प्रहरीले ढोका फोडेर हेर्दा आमाछोरीको शव गन्हाएको अवस्थामा फेला पारेको जानकारी छ। प्रहरीले दुवै शव पोस्टमार्टमका लागि नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजमा पठाएको छ ।

प्रतिक्रिया