कपिलवस्तुमा आ*गलागी, ३९ घर नष्ट

राष्ट्रिय समाचार समिति

कपिलवस्तु, २१ चैत: विजयनगर गाउँपालिका वडा नं १ गुगौलीमा आ*गलागी हुँदा ३९ घर ज*लेर नष्ट भएको छ । गुगौलीका काशीराम यादवका घरमा दिउँसो खाजा बजाउन बालेको आ*गोले खरले छाएको घरमा छोई आ*गलागी शुरु भएको थियो । आ*गोले गाउँका पूरै घर ज*लेका छन् ।

गाउँको उत्तरदेखि शुरु भएको आ*गो हावाको बहावसँगै पूरै गाउँमा फैलिएको थियो । आगोबाट कुनै पनि मानवीय क्षति भने नभएको इलाका प्र*हरी कार्यालय गणेशपुरका प्र*हरी निरीक्षक मधु नेपालले जानकारी दिनुभयो ।

आ*गलागीबाट करीब रु एक करोडको नोक्सान भएको स्थानीयवासीले बताएका छन् । अग्निपीडतको वास्तविक क्षति विवरण प्र*हरीले संकलन गरिरहेको छ । अग्निपीडितहरुको राहतका लागि विजयनगर गाउँपालिकाले व्यवस्थापन गरिरहेको वडा नंं १ का वडाध्यक्ष इन्दर थारुले जानकारी दिनुभयो ।

कृष्णनगर नगरपालिकाको दमकल बिग्रेकाले तौलिहवाको दमकल आउन ढिलाइ भएको थियो । पूरै गाउँ खरानी भएपछि तौलिहवाको दमकल गुगौली पुगेको थियो । तौलिहवा र गुगौलिको दूरी करीब ५० किलोमिटर छ ।

प्रतिक्रिया