कपिलवस्तु पुगेर ओली र प्रचण्डमाथि विप्लवको हमला

admin

काठमाडौं, फागुन २४ : भर्खरै शान्तिपूर्ण राजनीतिमा आएका नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ ले प्रधानमन्त्री केपी शर्मा ओली र कम्युनिस्ट पार्टीका अध्यक्ष प्रचण्डको आलोचना गरेका छन् । उनले ओली नेतृत्वको सरकारले आफ्नो पार्टीमाथि लगाएको प्रतिवन्ध गलत भएको समेत टिप्पणी गरेका छन् ।

कपिलवस्तुको शिवगढीमा सोमबार पार्टी निकट अनेमसंघ क्रान्तिकारीको सातौँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले समाजको अन्याय, अत्याचार र दमनका विरुद्ध लडेको आफ्नो पार्टीमाथि लगाएको प्रतिवन्ध र दमन सही नभएको बताएका हुन् ।


उनले न्यायका लागि संघर्ष गर्न डराउन नहुने भन्दै प्रधानमन्त्री केपी ओलीले ‘केही समयअघि सत्यसँग लड्दिन शक्तिसँग झुक्दिनँ’ भनेपनि आफ्नो पार्टीमाथि प्रतिवन्ध लगाएर गलत गरेको बताए । ‘हुन त केपी जीले सत्यसँग लड्दिन शक्तिसँग झुक्दिनँ भन्नुभयो तर हाम्रो पार्टीमाथि प्रतिवन्ध के थियो त्यो ? त्यो सत्य र न्याय थियो ? कुमार पौडेललाई समातेर कन्चटमा गोली हानेर मार्नु त्यो सत्य हो ?’, विप्लवको प्रश्न छ ।

उनले आफू सत्य र न्यायको पक्षमा लडेको र लडिरेहने बताए । ‘बम टेक्दै र हतियार खोस्दै हिँड्न सकिन्छ । न्यायको पक्षमा हामी कहिल्यै दब्नु हुँदैन । हामीले गल्ति गरेका छैनौ’, विप्लवको भनाइ छ । उनले महिलाले सम्पतिमा समान अधिकार नपाएसम्म मुक्ति नपाउने पनि बताए । न्यायको पक्षमा लाग्दा जनतामा जानै नदिन सरकारले आफूहरुलाई प्रतिवन्ध लगाएको विप्लवले दावी पनि गरे ।

उनले प्रचण्ड र बाबुरामहरूले न्याय र समानताको मुद्दा बिर्सेकाले उनीहरु धुलोपिठो भएको पनि टिप्पणी गरे । ‘आज प्रचण्डजी कहाँ पुग्नुभयो ? प्रचण्ड र बाबुरामले गलत बाटो लिए । मन्त्री त हामी पनि हुनसक्थ्यौँ । सहिद परिवार, वेपत्ता, किसान मजदुर बिर्सिए । त्यसपछि प्रचण्ड धुलोपिठो भए’, विप्लवले ओलीपछि प्रचण्ड बाबुराममाथि पनि हमला गरेका थिए ।

यस्तै उनले ‘गाउँगाउँमा भ्रष्टाचार गर्ने, बलात्कार गर्नेहरुलाई कारवाही गर्नु गल्ती हो ? भन्दै प्रश्न गरे । ‘लडाइँ भयो भने क्षति हुन्छ भन्ने हामीलाई राम्रोसँग थाहा छ । तर दास भएर मर्नुभन्दा लडेर मर्नु धेरै ठुलो कुरा हो,’ विप्लवले अझैपनि अन्यायका विरुद्ध प्रतिवाद गर्ने संकेत गरे ।

सरकारले आफूहरुलाई प्रतिवन्ध लगाएको दुई महिनाभित्र सखाप पार्छौँ भनेर भनेपनि त्यो सत्य र न्यायका लागि लडेकाले नै सरकार असफल भएको बताए । भर्खरै शान्तिपूर्ण राजनीतिमा आएका नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ ले प्रधानमन्त्री केपी शर्मा ओली र कम्युनिस्ट पार्टीका अध्यक्ष प्रचण्डको आलोचना गरेका छन् ।

उनले ओली नेतृत्वको सरकारले आफ्नो पार्टीमाथि लगाएको प्रतिवन्ध गलत भएको समेत टिप्पणी गरेका छन् ।

कपिलवस्तुको शिवगढीमा सोमबार पार्टी निकट अनेमसंघ क्रान्तिकारीको सातौँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले समाजको अन्याय, अत्याचार र दमनका विरुद्ध लडेको आफ्नो पार्टीमाथि लगाएको प्रतिवन्ध र दमन सही नभएको बताएका हुन् ।

उनले न्यायका लागि संघर्ष गर्न डराउन नहुने भन्दै प्रधानमन्त्री केपी ओलीले ‘केही समयअघि सत्यसँग लड्दिन शक्तिसँग झुक्दिनँ’ भनेपनि आफ्नो पार्टीमाथि प्रतिवन्ध लगाएर गलत गरेको बताए । ‘हुन त केपी जीले सत्यसँग लड्दिन शक्तिसँग झुक्दिनँ भन्नुभयो तर हाम्रो पार्टीमाथि प्रतिवन्ध के थियो त्यो ? त्यो सत्य र न्याय थियो ? कुमार पौडेललाई समातेर कन्चटमा गोली हानेर मार्नु त्यो सत्य हो ?’, विप्लवको प्रश्न छ ।

उनले आफू सत्य र न्यायको पक्षमा लडेको र लडिरेहने बताए । ‘बम टेक्दै र हतियार खोस्दै हिँड्न सकिन्छ । न्यायको पक्षमा हामी कहिल्यै दब्नु हुँदैन । हामीले गल्ति गरेका छैनौ’, विप्लवको भनाइ छ । उनले महिलाले सम्पतिमा समान अधिकार नपाएसम्म मुक्ति नपाउने पनि बताए । न्यायको पक्षमा लाग्दा जनतामा जानै नदिन सरकारले आफूहरुलाई प्रतिवन्ध लगाएको विप्लवले दावी पनि गरे ।

उनले प्रचण्ड र बाबुरामहरूले न्याय र समानताको मुद्दा बिर्सेकाले उनीहरु धुलोपिठो भएको पनि टिप्पणी गरे । ‘आज प्रचण्डजी कहाँ पुग्नुभयो ? प्रचण्ड र बाबुरामले गलत बाटो लिए । मन्त्री त हामी पनि हुनसक्थ्यौँ । सहिद परिवार, वेपत्ता, किसान मजदुर बिर्सिए । त्यसपछि प्रचण्ड धुलोपिठो भए’, विप्लवले ओलीपछि प्रचण्ड बाबुराममाथि पनि हमला गरेका थिए ।

यस्तै उनले ‘गाउँगाउँमा भ्रष्टाचार गर्ने, बलात्कार गर्नेहरुलाई कारवाही गर्नु गल्ती हो ? भन्दै प्रश्न गरे । ‘लडाइँ भयो भने क्षति हुन्छ भन्ने हामीलाई राम्रोसँग थाहा छ ।

तर दास भएर मर्नुभन्दा लडेर मर्नु धेरै ठुलो कुरा हो,’ विप्लवले अझैपनि अन्यायका विरुद्ध प्रतिवाद गर्ने संकेत गरे । सरकारले आफूहरुलाई प्रतिवन्ध लगाएको दुई महिनाभित्र सखाप पार्छौँ भनेर भनेपनि त्यो सत्य र न्यायका लागि लडेकाले नै सरकार असफल भएको बताए ।

प्रतिक्रिया