कप्तानबाट पारस खड्काले दिए राजीनामा !

मनिषा थापा

काठमाडौं : सन् २००९ देखि नेपाली राष्ट्रिय टोलीको नेतृत्व गर्दै आएका पारस खड्काले कप्तानबाट राजीनामा दिएका छन्। आइसीसीले नेपाल क्रिकेट संघ (क्यान) को निलम्बन फुकुवा गरेसँगै पारसले कप्तानी छाड्ने घोषणा गरेका हुन् ।

उनले एक विज्ञप्ती जारी गर्दै पारसले नयाँ तरिकाले क्रिकेटलाई अगाडि बढाउन बाटो खुलोस् भन्ने आफ्नो चाहना रहेको बताएका छन्। उनले क्यानको निलम्बन फुकुवा भएको खुशी लागेको भन्दै क्यानको नयाँ कमिटीलाई शुभकामना समेत दिएका छन् ।

पारसले सन् २००९ मा विनोद दासलाई विस्थापित गर्दै कप्तान बनेका थिए ।

प्रतिक्रिया