कप्तान ज्ञानेन्द्र मल्ललाई काेराेना सङ्क्रमण

admin

काठमाडौं, मंसिर १० : राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ललाई काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ । बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यसबारेमा जानकारी दिएका हुन् ।

पर्याप्त सुरक्षा सतर्कता अपनाउँदा पनि आफूलाई सङ्क्रमण भएकाे ज्ञानेन्द्रले बताएका छन् । उनले आफ्नाे सम्पर्कमा आएकालाई विश्व स्वास्थ्य सङ्गठन र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकाे प्राेटाेकल अपनाउन पनि आग्रह गरेका छन् ।

आफूमा अहिले कुनै लक्षण नदेखिएकाे र अवस्था ठिक रहेकाे उनले बताएका छन् । अबका केही दिन सेल्फ क्वरेण्टीनमा बस्ने ज्ञानेन्द्रले फेसबुकमार्फत जानकारी दिएका छन् ।

प्रतिक्रिया