कब्जियतबाट छुट्कारा पाउन बिहान खाली पेटमा खानुहोस किसमिस

रिता घिसिंग

आयुर्वेदका अनुसार प्रत्येक दिन विहान खाली पेटमा किसमिस खाने गरेमा क्यान्सर र मृगौंला सम्बन्धी रोगबाट बच्न सकिन्छ । साथै यसबाट शरीरिक कमजोरी सम्बन्धी कमजोरी हटाई, शक्रित बढाउन किसमिसले महत्वपूर्ण भूमिका खेल्छ ।

आउनु होस आज हामी किसमिसको नियमित सेवनले अरु के के फाइदा हुन्छन् त ? यसबारेमा जानकारी दिन्छौं जुन यसप्रकार छन् ।

ज्वरो निको पार्ने : किसमिसमा पाइने एन्टी बायोटिक तत्वले ज्वरोलाई छिटो कम गर्न मद्दत गर्छ । किसमिस नियमित सेवनले शरीरको रोग प्रतिरोधक क्षमता बढाउछ । साथै शक्तिको तह पनि बढाउन मद्दत गर्छ ।

कब्जियत निको : एक मुट्ठी किसमिस साँझ पानीमा भिझाएर विहान खाली पेट पानी पानी पिउनाले र भिजेको किसमिस खाने गर्नाले अपच वा कब्जिय जस्ता समस्याबाछ मुक्ती पाइन्छ ।

रगतको कमी : किसमिसमा आइरन धेरै मात्रामा पाइन्छ । त्यसैले नियमति किसमिस खाने गर्नाले रगत कमी हुने समस्याबाट सजिलै छुट्कारा पाइन्छ ।

मृगौंला : किसमिसमा मानव शरीरलाई अतिआवश्यक पर्ने थुप्रै तत्वहरु पाइन्छन् । जसले शरीरमा भएको टक्सिनलाई बाहर निकल्न ठूलो मद्दत गर्छ । र मृगौंलालाई स्वस्थ राख्ने मद्दत गर्छ ।

प्रतिक्रिया