‘कभी खुशी कभी गम’ पछि करणको फिल्म ‘तख्त’मा बादशाह बेगम बन्दै करिना..

मनिषा थापा

एजेन्सी : बलिउड अभिनेत्री करिना कपुर छिट्टै फिल्‍म ‘तख्‍त’मा देखिने भएकी छिन्। करण जौहरसँग उनी १८ वर्षपछि यो फिल्‍ममा काम गर्दै छिन्। यस अघि करिनाले करणको फिल्‍म ‘कभी खुसी कभी गम’मा काम गरेकी थिइन्।

हालै एक अन्तर्वार्तामा करिनाले फिल्म ‘तख्त’को अफ्नो भूमिकाबारे जानकारी गराएकी छिन्। उनले फिल्‍म तख्‍तमा आफूले निर्वाह गर्ने भूमिका बारे बताउदै भनिन्, ‘यो एक जबरदस्‍त पिरियड ड्रामा फिल्म हो। यसमा म एक फरक किसिमको भूमिकामा देखिँदै छु।’

उनी तख्तमा बादशाह बेगम अर्थात् शाहजहाँकी छोरी जहाँआराको भूमिकामा देखिने छिन्। अनिल कपुर शाहजहाँको रोल गर्दैछन्। रणवीर सिंह शाहजहाँको छोरा र आलिया भट्ट दारा सिकोहकी पत्नीको रोलमा देखिने छिन्।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू